दफा ७७
मद्दत लिन सकिने
(१) निर्वाचन अधिकृत, मतदान अधिकृत वा आयोगले निर्वाचनको काममा खटाएको अनुगमन टोली, पर्यवेक्षक वा अन्य कुनै अधिकृतले निर्वाचनको कामको सिलसिलामा कुनै पनि सरकारी वा सुरक्षा निकायको मद्दत लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मद्दत मागिएमा आवश्यक मद्दत पु¥याउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।